दलित गाउँका पहिलो शिक्षक

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने 

काठमाडौँ  ।  लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने भएको छ। 

गत साउन २१  गते लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गर्नुभएको थियो । सोही अनुसार आज दिउँसो प्रदेशसभाको बैठक बस्न लागेको हो ।

आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध विपक्षी गठबन्धनका सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । 

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्न लागेको हो।

लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरूको सङ्ख्या ८० छ । विपक्षी दल नेपाली काँग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

यसैबीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिनुभएको छ ।   

मुख्यमन्त्री पोखरेलको नेतृत्वको सरकारमा सहभागी हुनुभएका मन्त्री पाण्डेयले मङ्गलवार राती राजीनामा दिनुभएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : १२ बजे