दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

वाग्मती – वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने एक सय २३ जनालाई प्रतिव्यक्ति रु एक सयका दरले जरिवाना लिएर कारबाही गरेको छ । यसैगरी प्रहरीले आज आठ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : ३७ बजे