‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

समाजवाद उन्मुख अर्थराजनीतिक मोडलका बारेमा छलफल

काठमाडौं । नेपाली समाजको परिर्वतन विकास र रुपान्तरणमा जनताको बहुदलीय जनबादको योगदानका बारेमा सरोकारवालाहरुले चर्चा गर्नुभएको छ। मदन भण्डारी फाउन्डेशनद्धारा आयोजित कार्यक्रममा राजनीतिक क्षेत्रमा जबजको सिद्धान्तबाट आमूल परिर्वतन भएको उनीहरुको भनाई थियो । कार्यक्रममा डा.प्रेम दंगालले जबजले समाजवादसम्म पुग्ने तहसम्म कसरी मार्गनिर्देश गर्छ भन्ने बिषयमा  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा समृद्ध समाजवाद निमार्णमा अहिले भइरहेको परिर्वतन र उपलब्धीलाई पुर्णता दिने कार्यमा अर्थतन्त्रका सवै क्षेत्रको योगदानलाई बढाउनुपर्ने उल्लेख छ । डा. दंगालले आर्थिक राजनीतिक, सामाजिक,सांस्कृतिक, असमानता र विभेद अहिलेबाटै हटाउँदै अगाडि बढनुपर्नेमा जोड दिनुभयो । छलफलमा उत्पादन र उत्पादकत्व बृद्धिको चरण भएकाले अर्थतन्त्रमा सवै अवयवहरुमा केन्द्रित भएर अघि बढनुपर्ने उल्लेख छ । जबजले ल्याएका परिर्वतनमा राजतन्त्रको अन्त्य, संघिय व्यवस्थाको अवलम्बन, समानुपातिक सहभागिता, धर्म निरपेक्षता, राजनीतिक, आर्थिक सवै बिषयमा समाजवाद उन्मुख हुने व्यवस्था गरिनु उपलब्धी भएको बताइएको छ । 

छलफलमा सहभागि डा. कुन्दन अर्याल, गोपाल खनाल लगायतले समाजवाद उन्मुख अर्थराजनीतिको मोडलका बारेमा आ–आफना सुझाब दिनुभएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ०० बजे