‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिका गैरजिम्मेवाररुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

इस्लामावाद – पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा नस्किएको बताउनु भएको छ ।

    पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताउनुभएको छ ।

    अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उहाँले बताउनुभएको छ ।

    विदेशमन्त्री कुरेसीले भन्नुभएको छ कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारीरुपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरुले अराजकता मच्चाउन थालेको बताउनुभएको हो ।

    उहाँले सोमबार पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भन्नुभएको छ, अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थितरुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन ।

    हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको उहाँले बताउनुभएको छ ।

    अमेरिकाले व्यवस्थितरुपमा यहाँबाट सेना फिर्ता गर्ने योजना बनाउनुपर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको उहाँले बताउनुभयो ।

    अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उहाँले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको उहाँले बतााउनुभयो । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : १९ बजे