साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोभिड वार्डको आईसीयूमा भेटिए सांसद शाही

पोखरा । गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिनुभएको छ ।

उहाँ चरक अस्पतालको कोभिड९१९ उपचार गर्ने आईसीयूमा भेटिनुभएको हो ।उहाँसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताउनुभयो ।

बुधबार   गण्डकी प्रदेशसभामा उहाँ उपस्थित नभएपछि मुख्यमन्त्री विरुञ्को अविस्वासको प्रस्ताव फेल हुने संकेत देखिएको थियो । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराउनुभएको थियो  ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ५९ बजे