दलित गाउँका पहिलो शिक्षक

केपी ओलीसँग काम गर्दा मलाई कम्फर्टेबल फिल हुन्छ : कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले केपी ओलीसँग काम गर्दा आफुलाई कम्फर्टेबल फिल हुने बताउनुभएको छ । एक टेलिभिजनसँग अन्तरवार्तामा अध्यक्ष थापाले केपी ओलीसँग जस्तो सहज हरुसँग नभएको बताउनुभयो । उहाँले भन्नुभयो,–विगतमा कांग्रेससँग सहकार्य गरेको र आफूहरुको सहयोगमा कांग्रेसले कयौं ठाउँमा चुनाव जितेको तर आफूहरुले नजितेको पनि थापाले स्मरण गर्नुभयो । कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म विभाजन रहेकोले आफूपनि पराजित भएको र त्यसको भुक्तभोगी रहेको सुनाउनुभयो तर, एमालेसँग झापामा एक क्षेत्रमा मात्रै सहकार्य गरेको र त्यहाँ चुनाव जितेको उहाँको बुझाई थियो ।

अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विद्यमान अहिलेको राजनीतिक संकटको समाधान गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले देउवालाई सफलताको शुभकामना दिदै कांग्रेसले बाटो बिराएको पनि टिप्पणी गर्नुभयो । कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन चुनावसम्म जान्छ कि जाँदैन भन्ने विषयमा आशंका रहेको थापाको भनाई छ । 

उहाँले भन्नुभयो,‘उहाँले अहिलेको देशलाई निकास दिन सक्नुहुन्न, त्यसमा पनि अहिले यो सरकार जसरी बनेको छ, यो एक प्रकारले अपवित्र गठबन्धन हो । पूर्व र पश्चिम जान हिँडेका दुई शक्तिहरुको बीचको गठबन्धन हो । यो गठबन्धन निर्माण गर्नको लागि दुई वटा प्रमुख पार्टीहरुलाई फुटाईएको छ । सांसद तानातान र किनबेच भएको छ । यस्तो अपवित्र गठबन्धनले देशमा शान्ति, समृद्धि र स्थायित्व दिन सक्दैन् । यो सरकारले समयमै चुनाव सम्पन्न गर्न सक्यो भने यो नै ठूलो कुरा हुन्छ ।”

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : ३५ बजे