दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दुई विद्यालयका सञ्चालक कारबाहीमा

बागमती – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई आज जरिवाना गरी कारबाही गरेको छ ।  

कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । दुवै विद्यालयका सञ्चालकलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम सो कार्यालयले जनही रु १० हजारका दरले जरिवान गरेको बताइएको छ । 

रासस

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १० : ०० बजे