दलित गाउँका पहिलो शिक्षक

ढाडमा टेक्दै टाउकोमा हान्ने प्रचण्डको स्वभाव रहेछ : महासचिव पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको स्वभाव ढाडमा टेक्दै टाउकोमा हान्ने खालको भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष प्रचण्ड जहाँ जहाँ जानुहुन्छ त्यहाँको अन्तरविरोधमा खेल्नुहुन्छ अनि ढाडमा टेकेर टाउकोमा हान्दै अघि बढ्न खोज्ने प्रवृति उहाँमा रहेछ महासचिव पोखरेलले भन्नुभयो । 

एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी पार्टीमा संगठनात्मक अराजकताको नेतृत्व प्रचण्डले गरेकै कारण उहाँ जहाँ गएपनि समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो,–‘ विचार सिद्धान्त र संगठन नभएको पार्टीसँग एकता गर्नुनै हाम्रो कमजोरी भयो, हामीले यसलाई रियलाइजेशन गरेर अब गल्ती नगर्ने बाचा गरयौ भने कहिल्यै कमजोर हुन पदैन ।’ 

अहिले नेकपा माझ के– के गुज्रदैछ यसबाट शिक्षा र अनुभव लिएर अगाडि बढनुपर्ने उहाँको तर्क थियो ।

सुशिल सुवेदी
 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ३९ बजे