दलित गाउँका पहिलो शिक्षक

केपी ओली सरकारमा थिएभने तुईन किन काटेको भनेर भारतलाई प्रश्न गरिसक्थे : डा. सुर्य पाठक

काठमाडौं । महाकालीमा तुईन काटेर नेपाली मर्दा समेत गठबन्धनको सरकार केही नबोलेकोमा एमाले नेताहरुले असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेकपा एमालेका नेता डा.सुर्य पाठकले सारा नेपाली जनताको अगाडि भारतीयले तुईन काटेर खसाल्दा समेत सरकारले भारत सरकारको धारणा नसोधेकोमा अचम्म लागेको बताउनुभएको हो । 

उहाँले केपी ओली नेतृत्वको सरकारलाई स्मरण गर्दै भन्नुभयो, ‘केपी ओली सरकार भएको भए भारतीय राजदूतलाई बोलाई प्रश्न गरिसक्थे ।’ भारत सरकारसँग औला उठाएर प्रश्न गर्न सक्ने नेपालको नेता भनेको केपी ओली मात्र भएको उहाँको ठोकुवा थियो । देउवा सरकारले भारतसँग प्रश्न नगरेकै कारण त्यो घटनाको छानबिन हुन नसकेको पाठकले बताउनुभयो । 

वर्तमान  गठबन्धनको सरकार देश र जनताको पक्षमा नभएर कुुुर्सीका लागि मात्र लडेको उहाँको आरोप थियो । ‘नेपाली कांग्रेस सरकारमा छ तर यसले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने स्पष्ट छैन, भूमि आयोग खारेज गरेर काँग्रेस गरीब सुकुम्बासीको पक्षमा पनि नभएको उहाँको तर्क थियो ।  

विशाल आचार्य
 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ०४ बजे