दलित गाउँका पहिलो शिक्षक

कोरोनाको झैँ प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्छ :  बाबुराम भट्टराई

काठमाडौँ । सत्ता गठबन्धनका नेता तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कोरोनाको झैँ प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै नेता डा. भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरियन्ट आउन सक्ने बताउनुभएको हो । 

''कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ। अतः ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कौँ!'' उहाँले ट्विटरमा लेख्नुभएको छ । 

उहाँले ढुक्क भएर आफ्नै विगतका गुट वा पार्टीमा नफर्कन समेत आग्रह गर्नुभएको छ । पछिल्लो समय नेकपा एमालेमा एकता प्रयास जारी रहेका बेला उहाँको यो भनाइले पार्टीहरू एकता हुन नहुनेतर्फ इङ्गित गरेको छ ।

 

 

 

 

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : २१ बजे