काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।
तुलसीलाल स्मृति भवनमा आज बिहान ११ः०० बजे स्थायी कमिटी र अपरान्ह ३ः०० बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका उहाँले जानकारी दिनुभयो ।
आजको बैठकमा १०औँ महाधिवेशन गर्न आवश्यक तयारीको बारे छलफल हुनेछ ।
प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ८ : ०४ बजे
प्रतिक्रिया