साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

 ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा आजदेखि लगाइँदै

काठमाडौँ । कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाइने भएको छ  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार यसअघि कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनेका खोप लगाउन लागिएको हो । 

भुटान सरकारले दिएको २ लाख ३० हजार डोज र जापान सरकारले खोप उपलब्ध गराएको  करिब आठ लाख डोज खोप आएसँगै ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो डोज खोप लगाउन लागिएको हो  ।  

६५ वर्षमाथिका ज्येष्ठ नागरिकले यसअघि कोभिशिल्डको पहिलो डोज लगाए पनि भारत सरकारले दोस्रो डोज नदिँदा १३ लाखभन्दा बढीले खोप लगाउन पाएका थिएनन्।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार काठमाडौँको १२ वटा स्थानीय तहमा  खोप केन्द्र तोकेको छ । काठमाडौँ महानगरमा मात्रै ६ वटा अस्पतालहरूमार्फत आजबाट खोप लगाइँदै छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : ४८ बजे