दलित गाउँका पहिलो शिक्षक

राष्ट्रिय सभामा सांसद विमला राई पौड्यालको प्रश्न, सरकार चलाउने प्रधानमन्त्रीले हो कि गठबन्धनले ?

काठमाडौं । राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले देउवा नेतृत्वको सरकार बनेको एक महिनासम्म पनि मन्त्रिपरिषद बिस्तार हुन नसक्नु निर्लज्जताको पराकाष्ट भएको बताउनुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा आज बोल्नुहुँदै सांसद पौडयालले भन्नुभयो,–‘जुन तरिकाले भएपनि अहिले देउवाको नेतृत्वमा सरकार छ, तर यो सरकार बनेको एक महिना पुग्नलाग्दा पनि मन्त्रिपरिषद बिस्तार हुन नसक्नु दुखद हो ।’ सत्तारुढ दलले गठबन्धन बनाउँदै सरकारसम्म हस्तक्षेपकारी भूमिका खेलेकोमा असन्तुष्टि व्यक्त गदै उहाँले भन्नुभयो,–‘केही दिनदेखि एउटा हल्ला चलिरहेको छ, हल्लामा कति सत्यता छ थाहा छैन तर सत्तारुढ गठबन्धनले समानान्तर राजनीतिक संयन्त्र बनाउदै छ । फर्मल रुपमा संघमा, प्रदेशमा, स्थानिय तहमा, यसले प्रधानमन्त्रीलाई निर्देशित  गर्छै ।’ संसदले सरकार चुनेपनि प्रधानमन्त्री गठबन्धनप्रति प्रतिबद्ध भएको उहाँको दावी थियो । प्रधानमन्त्री कोसँग जिम्मेवार हुने ? संसदप्रति जवाफदेही हुने कि गठबन्धनको राजनीतिक संयन्त्रप्रति ? उहाँको प्रश्न थियो ।

गठबन्धनको राजनीतिक संयन्त्रणलाई संविधानले चिन्दैन । सांसद पौडयालले आक्रोष व्यक्त गदै भन्नुभयो,प्रधानमन्त्री छान्ने संसदले अनि प्रधानमन्त्रीको हात खुटटा सवै बाँधेर सयन्त्रले चलाउने सरकार ? त्यसो हो भने गठबन्धनमा भएका सवै दलका नेताहरुलाई प्रधानमन्त्री बनाउनुस । गठबन्धनबाट चलेकै कारण वर्तमान सरकारले संसदीय पद्धतिलाई हास्यांस्पद रुपमा गिज्गाउने काम गरेको उहाँले बताउनुभयो । जुनसुकै तरिकाले सरकार बनेपनि प्रधानमन्त्री संसदप्रति जिम्मेवार हुनुपर्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, प्रधानमन्त्रीले सरकार चलाउने हो, संयन्त्रले सरकार चलाउने हैन । संयन्त्रले हात खुटटटा बाधेर सरकारलाई काम गर्न नदिन मिल्छ ? उहाँले देउवालाई संसदप्रति जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो । 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ३० बजे