साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बढ्न थाले स्क्रबटाइफस रोगका बिरामी

मकवानपुर । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् ।  विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७/७८ मा  बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । 
    
यसअघि आव २०७६/७७ मा २९  र आव २०७५/७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
 
 चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ ।  यसबाट बच्न। उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ । स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १ : ४१ बजे