दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोभिशिल्डको दोस्रो डोज भोलिबाट लगाइने, यी हुन खोपकेन्द्र (सूचीसहित)

काठमाडौं – कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइ सकेकाहरुलाई दोस्रो डोजको खोप दिने भएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई भोलि २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी गरेको छ । 

भुटान सरकारले दिएको २ लाख ३० हजार डोज र जापान सरकारले खोप उपलब्ध गराए सँगै सुरुवात गर्न लागेको हो । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले यसअघि कोभिसिल्डको पहिलो डोज लगाएपनि भारत सरकारले दोश्रो डोज नदिँदा १३ लाखभन्दा बढीले खोप लगाउन पाएका थिएनन्।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंको १२ वटा स्थानीय तहमा  खोप केन्द्र तोकेको छ । काठमाडौं महानगरमा मात्रै ६ वटा अस्पतालहरु मार्फत भोलिबाट खोप लगाइँदै छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १२ : ३६ बजे