‘एउटै नाउरको सिकार गर्न २३ लाख’

महिलालाई अभद्र व्यवहार गर्ने पक्राउ

मोरङ – ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका-२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १२ : १४ बजे