दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रिय सभामा आज सरकारको प्रतिवेदन पेस हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारको प्रतिवेदनसहित विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६(०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची छ । 

प्रधानमन्त्री देउवाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ४० बजे