‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सिन्धुपाल्चोकमा बाँदर र बदेलको आतंक, हैरानीमा किसान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ का कृषक बाँदर र बदेलको आतंकदेखि हैरान भएका छन् । मानो रोपेर मुरी फलाई जीविकोपार्जन गर्ने कृषक यतिबेला बाँदर र बदेलको आतंकदेखि चिन्तित भएका हुन् । लगाएको बाली दिउँसै बाँदरले खाएर हैरानी खेपिरहेका स्थानिय कुमार आचार्य दुखेसो पोख्दै भन्नुहुन्छ,‘हामी त भोक भोकै मर्ने भयौ, न राज्यले वास्ता गरेको छ, न त बाँदर र बदेल धपाउनै सकेका छौँ । अब कसरी घर परिवार धान्ने ?’ आफुसँग अन्य कुनै रोजगारी नभएकाले ठुलो समस्यामा परेको आचार्यको गुनासो छ । ‘विदेश जाउँ आधा उमेर गयो, यहि बसौँ भोकै मरिएला भन्ने डर’ उहाँले आफनो पीडा सुनाउँनुभयो । किसान पारस नाथ आचार्यको पीडापनि उस्तै छ । ‘बाँदर र बदेलकै कारण कृषिबाट पलायन हुने अवस्था नआउँला भन्न सकिन्दैन, भोक भोकै मरिएला जस्तो छ, परिवार धान्न धौ धौ पर्ला जस्तो छ । अब कसरी, कहाँ, के गर्ने अन्योलमा छु ।’ उहाँको प्रश्न थियो ।

बाँदर र बदेलको आतंकबाट क्षति ब्योहोरेको विवरण गाउँपालिकालाई बुझाए पनि कुनै सहयोग नआएको पीडितको गुनासो छ । बाँदरबाट पीडित भएर आफु पटक पटक गाउँपालिका धाउदा पनि कुनै प्रतिकृया नआएको कुमार आचार्य बताउनुहुन्छ । विश्वमाझ कृषि प्रधान देश भनेर चिनिने नेपालमा अहिले गाउँका खेत बाझा छन, युवा विदेशिएका छन , केही भूभागमा खेती गरे पनि बाँदर र बदेलको आतंकबाट हैरानी खेपिरहेका युवाहरु पलायन हुने डर देखिएको स्थानियको गुनासो छ । 

विशाल आचार्य
 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : २९ बजे