‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौंको चावहिलबाट नक्कली डीएसपी  पक्राउ 

काठमाडौं । प्रहरीले काठमाडौंको चावहिलबाट एक जना नक्कली प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण– ४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङ रहेका छन् ।

विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : ३५ बजे