‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आजदेखि देशभर ‘नेपाल मास्क अभियान’ सुरु

काठमाडौँ । कोरोना सङ्क्रमणको महामारी नियन्त्रणका लागि सरकारले आजदेखि देशभर एक हप्ता नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ । 

आजदेखि साउन २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अभियान सुरु गरेको हो।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले सबै नागरिकलाई सही तरिकाले मास्क लगाउने व्यवहारलाई प्रवर्द्धन गरी प्रोत्साहन र उत्प्रेरित गर्न नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले जानकारी दिनुभयो ।  

डा.थपलियाले निषेधाज्ञा खुकुलो भएसँगै भेटघाट बढेको, मिचिमिची हात धुने र मास्कको उचित प्रयोगमा हेल्च्याक्र्याई भइरहेको तथा सबै नागरिकलाई समयमा नै खोप लगाउन नसकिएका कारण जुनसुकै बेला पनि संक्रमण बढ्नसक्ने बताउनुभयो ।  
 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ३७ बजे