‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ०१ बजे