दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेमा विधान संशोधनका लागि सुझाव लिन सुरु

काठमाडौँ । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेस गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ । 

मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले  शुक्रबारबाट छलफल प्रारम्भ गर्नुभएको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिका स्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्य तालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : ५१ बजे