दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हिरोशिमामा भएको आणविक बम विस्फोटको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘नो मोर हिरोशिमा, नारामा सीमित नहोस’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ वर्ष पुगेको दिन उक्त घटनाको स्मरण गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष ओली लेख्नुहुन्छ, ‘६ अगष्ट १९४५ आजकै दिन आणविक बमद्धारा हिरोशिमा ध्वस्त भयो । लाखौ सर्वसाधरण नागरिकको निर्मम हत्या भयो । त्यस अमानवीय घटनालाई स्मरण गर्दै पीडितप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु । नो मोर हिरोशिमा नारामा सीमित नहोस, त्यस्ता जघन्य घटना अब कहिल्यै नदोहोरियोस ।’

दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने आक्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४५ अगस्ट ६ मा हिरोशिमामा परमाणु बम खसालेको थियो। यसको तीन दिनपछि वासिङ्टनले जापानी शहर नागासाकीमा अर्को परमाणु बम खसालेको थियो। ती दुई घटनामा हजारौं मानिसको ज्यान गएको थियो भने नागासाकी बम विस्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट युद्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आत्मसमर्पण गरेको थियो। 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ४६ बजे