दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

केन्द्रीय कमिटीमा माधवलाई सुझाव : ‘सरकारमा सहभागी भएर पार्टीलाई प्रतिपक्षमा राख्न मिल्दैन’

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरूले सरकारमा सहभागिता बारे आ–आफनो धारणा राखेका छन् । एक पक्षले सरकारमा सहभागी हुनुपर्ने बताएको छ भने अर्को पक्षले सरकारमा सहभागी भएर पार्टीलाई प्रतिपक्षमा राख्न नमिल्ने बताएका छन् ।

आज बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आन्तरिक विवाद समाधान गरी पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन् ।  केन्द्रीय कमिटीमा सरकारको सहभागिता तथा पार्टी एकताबारे मिश्रित धारणा आएपछि अहिले फेरि स्थायी कमिटी बैठक शुरु भएको छ । केन्द्रीय कमिटीको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । अधिकांश सहभागिले पार्टी एकताको पक्षमा धारणा राखेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ०८ बजे