दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सभामुख सापकोटा र मन्त्री भुषालबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच शुक्रबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो ।

सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा समेत छलफल भएको न्यौपानेले बताउनुभयो । वर्षा सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान, बाढी पहिरो नियन्त्रणका विषयमा पनि छलफल भएको छ । सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या बाढी पहिरोकाकारण विस्थापित भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : ५६ बजे