दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उपाध्यक्षका ससुरा बित्दा गाउँपालिकामा शोक बिदा

काठमाडौं । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा सार्वजनिक विदा दिएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज९शुक्रबार० सार्वजनिक विदा दिएको हो । उनको ससुराको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको थियो ।कृष्णप्रसादको बिहीवार राति ११ः४० बजे घरमै निधन भएको थियो । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु पोख्रेलद्वारा हस्ताक्षर गरिएको सूचनामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवम् गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू ९स्वास्थ्य संस्थाबाहेक० मा शोक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ । 

आपतकालीन अवस्थामा मौखिक निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले बताए । 

यता गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले भने उपाध्यक्षको घरसमेत गाउँपालिका नजिकै भएकाले मलामी जानका लागि बिदा दिएको जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जी भने केही दिनदेखि बिदामा छन् ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  २ : ४८ बजे