‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त नगरे आमरण अनशन बस्ने डा.केसीको घोषणा

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीको राजिनामा लगायतका माग राखेर डा.गोविन्द केसीले अनसन सुरु गर्ने हुनुभएको छ ।  

 स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सार्दै माग पुरा नभए अनशन बस्ने घोषणा गर्नुभएको हो । आफ्ना माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले घोषणा गर्नुभएको हो । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने केसीको  पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उहाँले तत्काल पदमुक्त गर्नुपर्ने माग राख्नुभएको छ । 

डा. केसीको मागपत्रमा भनिएको छ, ‘हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा र्डोयाउने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन ।
 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : २५ बजे