दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भँडुवाको माग सुनेर नवीकरणको प्रक्रिया र विधान महाधिवेशन रोक्नुहुन्न : पूर्वमन्त्री बाँस्कोटा  

काठमाडौँ ।  नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव नेपाल समूहले रोक्नु भन्दैमा पार्टी सदस्यता  नवीकरण प्रक्रिया रोकिने बताउनुभएको छ । उहाँले पार्टीले आह्वान गरेको विधान महाधिवेशन पनि अव नरोकिने बताउनुभएको छ । 

 बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पार्टी भाँड्न खोज्नेहरूको कुरा अब सुन्न आवश्यक नरहेको बताउनुभएको हो । उहाँले नेकपा एमालेमा फर्किनेहरू फर्किने र नर्फकिनेहरु देउवाको भजनकितृन गरी टिक्टक बनाउने भन्दै अब कसैलाई कुन आवश्यक नरहेको बताउनुभएको हो । 

​​​​​​​पूर्व मन्त्री बाँस्कोटाको ट्विट

न नवीकरण प्रक्रिया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भांड्न खोज्नेका माग सुन्न पर्दैन।आए गल खेत छदैछ गए झोडा फांडेर खुइ काड्लान।त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने।

 

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : १७ बजे