दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेकपा एमालेको स्थायी कमिटीको बैठक च्यासलमा शुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले माधव नेपाल समुहलाई कारबाहि हुन सक्ने बुझिएकोे छ । माधव नेपाल समुहले नेकपा एमालेको नाम दुरुपयोग गरेको भन्दै हिजो एमाले केन्द्रीय कार्यलयले आपत्ति जनाएको थियो ।

एमालेको नाममा पटक पटक अनधिकृत गतिविधि गर्ने र त्यस्तो गतिविधि उपर संविधान,प्रचलित कानुन र पार्टीको विधान समेत आकर्षित हुने भएकोले त्यस्ता गतिविधिमा नलाग्न सबैलाई पार्टीले आग्रह गरेपनि माधवसमुह हिजोदेखि आफु निकट केन्द्रिय सदस्यहरुसँग छलफलमा जुटेको छ । नेपाल समूहले बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान छ । पार्टीमा सहमति कायम गर्नका लागि लामो समयदेखि लागिपरिरहेका एक नेताका अनुसार अब पार्टी बनिने भन्दा पनि भत्किने बाटोतिर गएको छ । ‘पार्टी बचाउनलाई धेरै प्रयत्न गरियो तर अब भत्केला जस्तो छ,’ निराश हुँदै ति नेताले भन्नुभयो, ‘आजको स्थायी कमिटीको बैठकले धेरै कुराहरुको छिनोफानो गर्दछ ।’

पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न आफूहरुलाई समेत बैठकमा डाकिएको एमाले प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साहले जानकारी दिनुभयो । आजको बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत डाकिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : १६ बजे