‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अवैध रुपमा नेपाल भित्रिएका पाँच सय ९५ थान मोबाइल सहित २ जना पक्राउ

नवलपरासी(पूर्व) – विनयीत्रिवेणी गाउँपालिका-१ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-८ बस्ने ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँ बस्ने ४० वर्षीय ईन्द्रलाल श्रेष्ठ रहेका छन् । प्रदेश ३-०१-०२३ च ५५४४ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल  नभई अवैध रुपमा ल्याएको उक्त मोबाइल फेला पारी गाडी चालक अर्जुन र ईन्द्रलाललाई पक्राउ गरेको हो । बरामद गरिएको ५ सय ९५ थान मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : ०८ बजे