दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक आज पनि बस्दै

काठमाडौँ ।  नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ ।

बिहीबारदेखि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा जारी बैठक आज बिहान ११ बजेपछि पुनः बस्न लागेको हो । 

नेपाल समूहले पार्टीभित्रको एकता,  पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । बिहीबारको बैठकमा पार्टीको अन्तरबिरोधका विषयमा नेताहरूले आफ्नो धारणा राखेका थिए । अधिकांश नेताले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ४८ बजे