‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टद्वारा राजीनामा

काठमाडौं– नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिनुभएको छ ।

विष्टले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिनुभएको हो । विष्टले आफूले स्वइच्छुक रूपमा राजीनामा दिएको बताउनुभयो । ‘मैले मन्त्रालयमा गएर आज स्वइच्छुक रूपमा पदबाट राजीनामा दिएको छु,’ विष्टले चक्रपथसँग भन्नुभयो ।

विष्टलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो ।

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ५ : २७ बजे