काठमाडौँ – सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लगाउने निर्णय गरेसँगै काठमाडौँका विभिन्न नाकाबाट घर जाने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दोस्रो लहर बढ्दै जानुका साथै दैनिक सङ्क्रमितको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुनु र मृतकको संख्या समेत बढ्दै गएपछि काठमाडौँ छोडेर आफ्नो घर तर्फ लाग्ने यात्रुहरुको संख्या बढेको हो ।
प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार १ : २१ बजे
प्रतिक्रिया