‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

३ हजार सात जनामा कोरोना सङ्क्रमण पुष्टि, ३७ को मृत्यु

काठमाडौँ–  पछिल्लो २४ घण्टामा तीन हजार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८७० आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ४३ बजे