‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ – सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ ।

नेप्से आज १४ अंकले बढेर २५ सय २८ विन्दुमा पुगेको छ  । व्यापार, जलविद्युत्, निर्जीवन, होटेल तथा पर्यटन, लघुवित्त उपसमूह बढेसँगै नेप्से पनि बढेको हो । व्यापार उपसमूह सबैभन्दा उच्च ३४६ अंकले बढ्यो । निर्जीवन बिमा उपसमूह १७४ अंकले बढ्दा होटेल तथा पर्यटन उपसमूह १५५ अंकले बढ्यो । यस्तै, जलविद्युत् उपसमूह १२९ अंकले बढ्यो भने लघुवित्त समूह पनि ६९ अंकले उक्लियो ।

यसदिन २०८ कम्पनीको १ करोड २ लाख कित्ता सेयर ५ अर्ब १४ करोड रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन साल्ट ट्रेडिङको सेयरमा पोजेटिभ सर्किट लागेर प्रतिकित्ता ११ हजार ५५० पुग्यो । चन्द्रागिरि हिल्समा पनि सर्किट लागेर १७ सय १९ रुपैयाँ पुग्यो । चन्द्रागिरिको सेयर मूल्य कारोबार भएदेखि नै सर्किट लाग्दै आएको छ । यसदिन ९८ कम्पनीको सेयर मूल्य बढ्यो, ६६ कम्पनीको सेयर भाउ घट्यो भने १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : २६ बजे