दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाल समूहको आजको निर्णय हेरेर रणनीति तय गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । माधव नेपाल समूहको आजको निर्णयलाई हेरेर भावी रणनीति बनाउन नेकपा एमालेले भोली स्थायी कमिटी बैठक बोलाएको छ ।

भोलिको बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत डाकिएको छ । पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न आफूहरुलाई समेत बैठकमा डाकिएको एमाले प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साहले जानकारी दिनुभयो ।

नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान छ । पार्टीमा सहमति कायम गर्नका लागि लामो समयदेखि लागिपरिरहेका एक नेताका अनुसार अब पार्टी बनिने भन्दा पनि भत्किने बाटोतिर गएको छ । ‘पार्टी बचाउनलाई धेरै प्रयत्न गरियो तर अब भत्केला जस्तो छ,’ निराश हुँदै ति नेताले भन्नुभयो, ‘अब भोलि बस्ने स्थायी कमिटीको बैठकले धेरै कुराहरुको छिनोफानो गर्दछ ।’

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १२ : ४२ बजे