‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको भन्दै पुष्पव्यवसायीको प्रदर्शन (फोटोफिचर)

 ललितपुर । भारतबाट पुष्प तथा पुष्पजन्य वस्तुहरुको अवैध तथा अनियन्त्रित आयात भएको भन्दै पुष्प व्यवसायी तथा किसानहरु आन्दोलित भएका छन् ।

अखिल नेपाल किसान महासंघ, फ्लोरिकल्चर एशोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रुपमा पुष्प एवं पुष्पजन्य सामाग्रीको अवैध कारोबार रोक्न माग गर्दै आज प्रदर्शन गरेका हुन् । प्रदर्शनमा किसानहरुले ‘प्रयोग गरौ बारीको बहिष्कार गरौ पारीको, पुष्प व्यवसायलाई अति आवश्यकीय कृषिजन्य बस्तुको सूचीमा समावेश गर, फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर, मोहनविक्रम सिलवाल, रामचन्द्र खड्का र रामेश्वोर बासी लगायतका पुष्प किसानहरु उपर लगाएको झुटा मुद्दा फिर्ता गर भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा भारत लगायत अन्य देशबाट गैरकानुनीरुपमा फुलहरु ल्याउने काम जारी भएको र त्यसको विरोध गर्दा नेपालका किसानहरुलाई तर्साउने, धम्काउने गरिएको आरोप लगाएका छन् । लकडाउनका कारण पुष्प व्यवसायी किसानहरु धरासायी भइरहेको बेला नेपालभित्रै भइरहेको उत्पादनलाई खपत गर्नुको साटो कर छलेर भारतबाट फुल ल्याउने दलालहरु सकृय भइरहेको उनीहरुले आरोप लगाएका छन् । किसानहरुले आफ्नो माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

 

तस्विर : आशिष पौडेल 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : २० बजे