दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जनविरोधी सरकारले लाखौं भूमिहीनको पेटमा लात लान्यो : खिमलाल भट्टराई

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेत  खिमलाल भट्टराईले  वर्तमान सरकार जनविरोधी भएको बताउनु भएको छ ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै  भट्टराईले पछिल्ला घटनाक्रमले यो सरकार जनविरोधी नै हो भन्ने पुष्टि गरेको बताउनुभयो । भूमिसम्बन्धी समस्या समाधान आयोग भंग गरेर सरकारले लाखौं लाख  भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको उहाँले बताउनुभयो ।

भूमिहीन सुकुम्बासी जनतामा आफ्नो जीवन बदलाभ आउने आशाले खुशीको लहर छाइरहेको थियो,तर यति नै बेला परमादेश सरकारबाट यो आयोग भंग गरिएको छ, यो आयोग भंग गरिएको मात्र होइन ती तमाम भूमिहीन सुकुम्बासी जनताको सपनालाई भंग गरिएको हो, सरकारले लाखौं लाख भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको छ, धनी पूर्जा प्राप्त गर्ने र जग्गाको मालिक बन्ने जनताको  बज्र प्रहार गरेको छ ।’

यो निर्णयले सरकार गरिब निमुखा जनताको विरुद्ध छ र यो जनविरोधी सरकार हो भन्ने प्रमाणित भएको सांसद् भट्टराईले बताउनुभयो । ुम परमादेश सरकारको यो निर्णयको घोर निन्दा गर्छु र आक्रोश व्यक्त गर्छु ।ु

केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले मुलुकबाट भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या सधैका लागि अन्त्य गर्ने योजना अनुरुप देशभर अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएको उहाँले बताउनुभयो । ती आयोगहरु देशभर क्रियाशील रहेर लाखौंको संख्यामा जनतालाई पूर्जा दिने तयारी रहेकै बेला सरकारले आयोग भंग गर्नु जनविरोधी काम भएको उहाँले बताउनुभयो ।

उहाँले  जनताको प्यारो पार्टी नेकपा एमाले सधै नेपाली जनताको साथमा रहेको बताउँदै उहाँले भन्नुभयो,‘केही दिन र महिनाको कुरा मात्र हो नेकपा एमाले मूल गेटबाटै फेरि सिंहदरबार पस्नेछ र जनताको मुर्छित सपना ब्युझाउनेछ,ती तमाम भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरिछाड्नेछ ।’

उहाँले परमादेश सरकारका जनविरोधी हर्कत विरुद्ध एकताबद्ध हुन सबैलाई अपिल पनि गर्नुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : ५० बजे