दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘काग्रेंसको प्रतिगामी कदममा माओवादीको ल्याप्चे’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सभासद् गोकुलप्रसाद बास्कोटाले भूमि सम्बन्धी आयोग खारेज हुनुलाई अनपेक्षित मान्न नहुने बताउनुभएको छ ।  

सामाजिक सञ्जालमा आज एक स्ट्याटस लेख्नुहुँदै  नेपाली काग्रेंसको बर्ग दृष्टिकोण नै सामन्ती भएकाले यसलाई  अन्यथा लिन नहुने बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,‘ परमादेश सरकारद्वारा गरिएको भूमि आयोगको खारेजीलाई म चाहिँ अनपेक्षित कदम ठान्दिन । यो काँग्रेसको वर्ग दृष्टिकोणकै देन हो।’

बास्कोटाले काग्रेंसको बर्गदृष्किोणमा माओवादी केन्द्रले ल्याप्चे लगाउनुलाई भने अचम्म मान्नु पर्ने बताउनुभएको छ । ‘आफूलाई सर्वहारा वर्गको महान् प्रतिनिधि भन्ने माओवादीले झन्नै १७ लाख भूमिहीन जनतालाई खुल्ला आकाश मुनी वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लायोरु’ बास्कोटाको प्रश्न छ । 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  २ : ३८ बजे