दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अब धरहरा र रानीपोखरी पनि भत्काउनु :  श्रेष्ठ 

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको खारेज गरेकोप्रति राजनीतिक विश्लेषक श्याम श्रेष्ठले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  

सामाजिक सञ्जालमा स्ट्याटस लेख्नुहुँदै  विश्लेषक श्रेष्ठले अघिल्लो सरकारले गरेकै नाममा राम्रा काम पनि उल्ट्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । 

‘भूमिसम्बन्धी आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको श्रेष्ठको आरोप छ । यो भूमिहीन, गरिब, सुकुम्वासी र तल्लो बर्गका जनताको जीवनसित जोडिएको आयोग थियो। यसमा बेठीक मानिस परेका छन् भने तिनलाई पो हटाउने हो त ! श्रेष्ठले लेख्नुभएको छ, । अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक रहेको बताउँदै श्रेष्ठले  राम्रा कुरालाई  जसले थाले पनि निरन्तरता दिइनु पर्नेमा जोड दिनुएको हो । 

श्रेष्ठले लेख्नुभएको छ, ‘जनविरोधी–देशघाती कुरा मात्र उल्ट्याउने हो। नत्र त धरहरा पनि उल्ट्याए भयो। रानी पोखरी पनि भताभुंग पारे भयो।’

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १ : ५५ बजे