‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ 

झापा । झापामा लागु औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गौरादह नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णकुमार ताजपुरिया रहेका छन् ।

मङ्गलवार दिउँसो ३ः०० बजे गौरादह बजारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७प ६७६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा चालक ताजपुरियालाई ६ ग्राम ब्राउन सुगर फेला पारेको थियो । 

उनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा गौरादह–२ बस्ने ३९ वर्षीय सुमनकुमार कार्कीबाट किनेको खुलेपछि कार्कीको घरको सुत्ने कोठामा खानतलासी गर्दा खुल्ला प्लास्टिकभित्र अरू ३० ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।

कार्की तत्काल फरार रहेको हुँदा खोजतलास भइरहेको र ताजपुरियालाई कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ०७ बजे