साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोरोना भाइरसको सङ्क्रमणका कारण  बाँकेमा थप एक जनाको मृत्यु 

नेपालगन्ज  । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ठाकुर बाबा नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

मङ्गलवार बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराएका उनमा मङ्गलवार नै भेरी अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ३ः०० बजे मृत्यु भएको हो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८० जनाको मृत्यु भएको छ । 

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ११ : ५४ बजे