‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यस्तालाइ नेता मान्नु पर्ने?

एक ठाँउ झुलुक्क झुल्कने
फेरि भोलि अर्को ठाँउ टुप्लुक्क पुग्ने
शव्दहरु फेरि रहने, वोलिमा ठेगान नहुने
यता कि उता दाउ हेरेर बस्ने
४९ र ५१ को हिसाव गर्ने
यस्तालाइ पनि नेता मान्नु पर्ने ?

पार्टी फुट विभाजनको मोडमा छ
कार्यकर्ताहरुमा निरषता छाएको छ
दोस्रो तह नेताहरुको आ-आफ्नो पारा छ
कोहि वनपाखा चाहर्ने,कोहि नहल्लि बसेको छ
मिले पनि फुटेपनि ठिक छ मनमा सोचेको छ
यस्तालाइ पनि नेता मान्नु परेको छ

पार्टी ध्वस्त पारेर वैरिलाइ सघाउनेहरु
आफ्नो सरकार ढालेर काँग्रेसलाइ सत्ता बुझाउनेहरु
सूर्य बाट मत ल्याइ रुखमा भोट हाल्नेहरु
नैतिकता बेचेर जनतालाइ धोका दिनेहरु
दलीय प्रणाली निर्दलीयतामा ढाल्नेहरु
यी नेता होइनन् पार्टी सिध्याउने गद्दारहरु

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : ५२ बजे