दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता   

 काठमाडौँ ।   गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मङ्गलवार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।    
    
 भेटमा गृहमन्त्री खाँणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गर्नुभएको थियो ।

गृहमन्त्री खाँणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने बताउनुभएको थियो ।    

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ५५ बजे