दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मुख्यमन्त्री पोखरेल विरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता

रूपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्घ तेस्रो पटक  अविश्वासको प्रस्ताव  दर्ता भएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । आज दर्ता गराइएको अविश्वास प्रस्तावमा ३४ सांसदको हस्ताक्षर छ ।
 विपक्षी गठबन्धनका ३४ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। 

गठबन्धनले नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद् कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ।  मुख्यमन्त्री पोखरेलविरुद्ध नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ।  

यसअघि पनि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुई पटक अविश्वासको प्रस्ताव दर्ता गराइसक्नुभएको छ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए  ।  दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
सोमबार बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए । तर सोमबार नै उक्त पत्रमा हस्ताक्षर रहेकी सांसद विमला वलीले एमालेमा रहेको धारणा सार्वजनिक गरेकी छन् ।
 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : २३ बजे