‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अभिनेत्री गरिमालाई पुत्रीलाभ

काठमाडौं– बेल्जियममा रहेकी अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । उनले मंगलबार फेसबुकमा आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।

तस्वीरमा गरिमाले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ भन्दै क्याप्सन लेखेकी छन् ।

गरिमा फिल्म क्षेत्र छोडेर बेल्जियममा आफ्ना श्रीमानसँग बस्दै आएकी छिन्।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ५६ बजे