दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

महेश बस्नेतले संसदमै भने केपी ओली आइलभ यू, सभामुखले काटे माइक !

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद महेश बस्नेतले जनताले  परमादेशबाट बनेको सरकार नरुचाएको बताउँदै देउवा सरकारको  पसल पसलमा आलोचना सुरु भएको बताउनुभएको छ ।  

अदालतको परमादेशबाट बनेको सरकारले अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै सांसद बस्नेतले मन्त्री बन्न खोजेकाहरू बेरोजगार बनेर आत्महत्या गर्छु भन्दै हिँड्न लागेको बताउनुभयाे । 
सांसद बस्नेतले वर्तमान सरकारले  अघिल्लो सरकारले व्यवस्थापन गरेको खोप समेत लगाउन नसकिरहेको बताउनुभयो ।  

उहाँले दार्चुला जिल्लामा तुहिन काटिएर बेपत्ता भएका जय सिंह धामीले अझै न्याय पाउन नसकेको र सरकारले न्यायका लागि बोल्न समेत नसेकेको बताउनुभयो ।  

जनताले वर्तमान सरकारको ढिलासुस्ती, अर्कमन्यता, र अपरार्दशीतालाई हरिरहेको  भन्दै सांसद बस्नेतले अब मन्त्री बनाउन पनि परमादेश नै चाहिएको हो ? भनी प्रश्न गर्नुभयो ।  

उहाँले माओवादीका सांसदले मन्त्री नपाए आत्महत्या गर्छु भनेको र काग्रेंसका जनप्रतिनिधि नगरपालिका फोरेको समाचारहरू आइरहेको वर्तमान सरकारको निरिहिता पुष्टि गरेको बताउनुभयो । उहाँले जनताले खोप नपाइरहँदा होटेल होटेलमा खोप भेटिनु जस्ता कुराले सरकार कता हिँडिरहेको स्पष्ट हुने बताउनुभयो । सरकार बनेको तीन सातामै खोप काण्ड, व्यापारीलाई मन्त्री बनाएको काण्ड, जयसिंह धामीको हत्या, सरकार विस्तारमा ढिलाई लगायतका दर्जनौ कारण जनताले परमादेशको सरकारले केही गर्न नसक्ने भन्दै जनादेशमा प्रधानमन्त्रीलाई सम्झिएको बताउनुभयो । उहाँले जनताहरू अहिले केपी ओली आइलभ यु भनिरेको बताउनुभयो । सांसद बस्नेतले केपी ओली आइलभयु भनेसँगै सभामुख अग्निप्रसाद सापकोटाले सांसद बस्नेतको माइक काट्नुभयो  ।

सांसद बस्नेतको  कविता :

एसएसबीले तुइन काटे,
जयसिंह धामी महाकालीमा डुबे,
सरकार भन्छ मैन बस्
समाचार नबनाउ,
प्रधानमन्त्री भन्नुहुन्छ खोपो, खोप, खोप,
कांग्रेसको मेयरको घरमा खोप
उपसभापतिको घरमा खोप
होटेलमा सत्तापक्षको कार्यकर्तालाई खापै खोप
जनता दिनरभर लाइनमा खोप न सोप ।

विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउछ,
दक्ष सचिव फेर्छ,
वीर हस्पिटलका एमडी फेर्छ
स्वास्थ्य माफियालाई संरक्षण गर्छ
देशमा बाढी पीडित जनता रातह पाइनँ भनेर कराउँदै छ
कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन् ।
कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यलयहरु फोड्दै छन् ।
माओवादी जसपा भन्दैछन्,
मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
दिमागमा आतंका ल्याए,
भुकम्प ल्याए ।

परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ ।
मन्त्री परिषद गठन भएन,
न्युनतम साझा कार्यक्रम आएन,
प्रधानमन्त्री, अब बेरोजगार भएका त्रीपाठीहरुलाई अदालत पठाउनुहोस् ।
फलाना पार्टीका फलना मन्त्रीलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनुहोस्
नत्र जनादेशविनाको सरकार चल्लाजस्तो देखिएन,
अब जनता भन्दै छन् केपी बा आइ लभ यु ।

हेनुहोस् भिडियो :

​​​​​​​

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १ : ५१ बजे