दलित गाउँका पहिलो शिक्षक

डा. जागेश्वर गौतमको सरुवा तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीनजना स्वास्थ्य पदाधिकारीहरुको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । 

सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहचिवहरुको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।

एघारौँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ । 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ३७ बजे