दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन्। पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६र०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं २ बाट निर्वाचित सदस्य हाल नेपाली कांग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा २०७८ साल साउन १५ गते निधन भएको थियो। उनको निधनप्रति संसदमा शोक प्रस्तुत गरिने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ५२ बजे