दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले अध्यक्ष ओलीलाई भेटनु भन्दा अगाडि प्रचण्डलाई भेटे नेपालले

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । यसअघि नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् । सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।

यद्यपी आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको भेट हुने भनिएको छ । कतिबजे कहाँ भेट्ने स्थानको भने अहिलेसम्म टुंगो लागिसकेको छैन । तर अध्यक्ष ओली र माधव नेपालबीच आज साँझसम्म भेटवार्ता हुने नेता सुवास नेम्वाङ्गले बताएका छन् । एमाले अध्यक्ष ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरिरहेका बेला माधव नेपालले प्रचण्डले भेटेका हुन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : १२ बजे